Shikhar Insurance

‘म्याराथन’ दौडका तिब्र गति धावक बम बहादुरः ‘ईडीदेखि डेपुटी गभर्नरसम्म’

सिंहदरबार संवाददाता
२०७७ चैत्र ८, आईतवार १६:५०
NIMB
Nabil Bank

काठमाडौं । ‘४८ वर्षको उमेर, २६ वर्षको बैंकिङ करिअर, साढे १८ वर्ष नेपाल राष्ट्र बैंकमा काम अनि डेपुटी गभर्नरको जिम्मेवारी ।’, यो लोभ लाग्दो कथा हो बम बहादुर मिश्रको । उनलाई नेपाल सरकारले फागुन २५ गते मात्रै नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गरेको हो ।

उनले आफ्नो करिअरको अधिकांश प्रतिष्पर्धामा आफुलाई अब्बल नै सावित गर्दै आएका छन् । छोटो अवधीमै नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक बन्न सफल भएका मिश्रले सबैलाई चकित पार्दै डेपुटी गभर्नरको जिम्मेवारी हात पारे । भर्खरै ४८ वर्ष कटेका मिश्र आफ्नो सफलतालाई ‘मेहनत र आत्मविश्वास’को परिणाम ठान्छन् । ‘मान्छेले स्वच्छ मनले योजना बनाउने र सोही अनुसार लागिपर्ने हो भने सफलता मुस्किल छैन्’, मिश्रले सुनाए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले नेपाल राष्ट्र बैंकमा जागिर सुरु गरेको १८ वर्ष ७ महिना मात्रै भएको छ । उनले २०७६ जेठ २४ गते कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए । त्यसपछि उनले साउन २३ गते कार्यकारी निर्देशकमा बढुवा हुने अवसर पाए । राष्ट्र बैंक प्रवेश गरेको १७ वर्षमै मिश्रले कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए । उनको यो सफलतालाई राष्ट्र बैंक भित्र ‘फास्ट ट्रयाक ग्रोथ’का रुपमा हेरिन्छ ।

उनले केहि समय तत्कालिन एनआईसी बैंक(हालको एनआईसी एसिया) र नविल बैंकमा समेत काम गरेका थिए । ‘निजी बैंकमा काम गरेको अनुभव र नियामक निकायमा काम गर्दाको अनुभवले मलाई थप अनुशासित र आत्मबलका साथ काम गर्न हौसला दिन्छ’, मिश्रले सुनाए ।

अध्ययन कति ?
मिश्रले २०४६ सालमा एसएलसी पास गरेका थिए । उनले जापानको टोकियोस्थित ‘नेशनल ग्राजुयट इन्स्टिच्युट फर पोलिसी स्टडीज’बाट इकोनोमिक पोलिसीमा एमपीपी(मास्टर्स इन पक्लिक पोलिसी) गरेका छन् । भर्खरै कानुन संकायमा एलएलबी उतिर्ण गरेका मिश्रले विज्ञान संकायमा विएस्सी टप गरेका थिए ।

नियामकिय अनुभव र जिम्मेवारी
राष्ट्र बैंकभित्र उनलाई विदेशी विनिमय, सुपरिवेक्षण र नियमनमा बिशेष दख्खल राख्ने व्यक्तिका रुपमा चिनिन्छ । डेपुटी गभर्नर बन्नु अघि उनी विदेशी विनियम व्यवस्थापन विभागमा थिए । जहाँ उनले १४ महिना काम गरे । त्यस अघि उनले कामु कार्यकारी निर्देशकका रुपमा ६ महिना भुक्तानी प्रणाली विभागमा काम गरेका थिए ।

डेपुटी गभर्नरका रुपमा मिश्रसँग अब वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त संस्था गरी चारवटै सुपरिवेक्षण विभाग, अनुसन्धान विभाग, वित्त व्यवस्थापन विभाग, बैंकिङ विभाग, प्रदेश कार्यालयहरु र सूचना प्रविधि महाशाखाको जिम्मेवारी छ ।

अब कसरी ?
नेपाल राष्ट्र बैंकमा सबै कर्मचारीका प्रत्यायोजित जिम्मेवारी छन्, गभर्नरपछिको जिम्मेवारी डेपुटीहरुको हो । ‘टुगेदर वी वर्क’ अर्थात हामीसँगै काम गछौं’, मिश्रले भने । उनी आफुलाई बैंकिङ क्षेत्रको प्लम्बर भएको बताउँछन् । प्लम्बर त्यस्तो व्यक्ति हो जसले घरको पानी प्रशार हुने पाइपलाइनको डिजाइन गर्छ, कहाँ समस्या छ ? पत्ता लगाउँछ र समाधान पनि गरिदिन्छ । अर्थात उनी आफुलाई राष्ट्र बैंकको सप्लाई चेनको जानकार र समाधानका सुत्र थाहा पाउने व्यक्तिका रुपमा अर्थ्याउँछन् । ‘जसरी घरको पानी जाम बारे प्लम्बर जानकार हुन्छ, म पनि राष्ट्र बैंकका लागि त्यस्तै प्लम्बर हुँ, बैंकिङ क्षेत्रका लागि सकेको राम्रो दिने प्रयास गर्छु’, मिश्रले भने ।

उनले आफुबाट कुनै ‘मिराकल’को अपेक्षा नगर्न पनि अनुरोध गरे । ‘मबाट मिराकलको अपेक्षा नगरे हुन्छ, म बैंकिङको अपरेशनल मेनपावर(सञ्चालन जनशक्ति) हुँ’, मिश्रले भने । उनी आफुलाई तिब्र गतिमा दौडने लामो रेसको घोडा बताउँछन् । ‘म लामो रेसको घोडा हुँ तर मेरो दौड तिब्र गतिमै हुन्छ’, मिश्रले भने । अर्थात म्याराथन दौडका तिब्र गति धावक हुन् बम बहादुर मिश्र ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्