Shikhar Insurance

कोहलपुरमा सम्पत्ति शुद्धिकरण निवारण तालिम सम्पन्न 

सिंहदरबार संवाददाता
२०७७ चैत्र ८, आईतवार १७:०६
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कोहलपुरमा आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ ।

सातै प्रदेशमा आफ्ना कर्मचारीलार्य सम्पति शुद्धिकरण निवारण सम्बन्धी तालिम दिईरहेको कम्पनीले चैत चैत ६ गते बाँकेको कोहलपुरमा सो सम्बन्धि तालिम सम्पन्न गरेको हो । कोहलपुरको होटल म्याक्समा सम्पन्न तालिम कार्यक्रममा कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र साविक राप्ति अञ्चल अन्तर्गतका २२ जना प्रमुखको सहभागिता रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक सपना खरेलले सम्पत्ति शुद्धिकरण सम्बन्धी उक्त तालिम प्रदान गरेकी थिइन ।

दुई दिने उक्त तालिम कार्यक्रमको पहिलो दिन चैत्र ०५ गते कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्