Shikhar Insurance

५ सयको विदेशी समान अनलाइनबाटै किन्न सकिने, प्रिपेड कार्ड जारी हुने

सिंहदरबार संवाददाता
२०७७ चैत्र ८, आईतवार २०:११
NIMB
Nabil Bank

कठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक ५ सयसम्मका वस्तु तथा सेवा अनलाइन मार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै बाणिज्य बैंक तथा विकास बैंकहरुले डलर प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको हो ।

सो कार्ड मार्फत एक वर्षमा ५ सय डलरसम्मको वस्तु तथा सेवा अनलाइन मार्फत खरिद गर्न सकिनेछ । बिशेष गरि अनलाइनबाट समान किन्न र फेसबुक, ट्वीटर, युट्युब लगायतका सामाजिक सञ्जाल नेपालबाटै बुस्ट गर्न सकिनेछ । ति सञ्जालहरु मार्फत हुने आम्दानी पनि करको दायरामा आउनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले डलर तिरेर अनलाइनबाट समान किन्न सकिने व्यवस्थाले समाजिक सञ्जाल बुस्ट गर्न सहज हुने बताए । साथै, युट्युब लगायतका सञ्जाहलरुबाट डलरमा हुने आम्दानी पनि औपचारिक प्रणालीमा ल्याउन सहयोग गर्ने बताए । ‘डलरबाट अनलाइन खरिद र डलर आम्दानीलाई नै औपचारिक च्यानलमा ल्याउन यसले सहयोग गर्छ’, डेपुटी गभर्नर मिश्रले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्