Shikhar Insurance

सिंगटी हाइड्रोमा ८ लाख ८३ हजार आवेदक, एक अर्ब ३९ करोड आवेदन

सिंहदरबार संवाददाता
२०७७ चैत्र ८, आईतवार २१:००
NIMB
Nabil Bank

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आईपीओमा ८ लाख ८३ हजार ७५ वटा आवेदन परेको छ । आवेदन खुलेको तेश्रो दिनसम्म आईपुग्दा सिंगटीको आईपीओमा पौने ९ लाख आवेदकले १ करोड ३९ लाख ८० हजार पाँच सय २० कित्ता सेयरका लागि एक अर्ब ३९ करोड ८० लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले चैत ६ गतेदेखि २९ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । सोमध्ये २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था छ । सिंगटीको आईपीओमा चैत १० गतेसम्म आवेदन दिन पाइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्