Shikhar Insurance

एनआईसी एशिया र स्वेदशी लघुवित्त गाभिएर एकीकृत कारोबार सुरु, दोस्रो बजारमा कारोबार पनि खुल्ने

सिंहदरबार संवाददाता
२०७७ चैत्र ८, आईतवार २१:०३
NIMB
Nabil Bank

काठमाडौं । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाको मर्जरपछिको एकीकृत कारोबार सुरु भएको छ । दुई लघुवित्त कम्पनी एक आपसमा गाभ्ने गाभिने (मर्जर) काम गरेपश्चात एनआईसी एशिया लघुवित्त वित्तीय संस्था नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

मर्जरपश्चात कम्पनीको कुल शाखा संख्या २ सय २३ शाखा हुनेछ भने १ लाख ३५ हजारभन्दा बढी सदस्यलाई संस्थाले लघुवित्तीय सेवा प्रदान गर्नेछ । मर्जर पश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्नेछ । यस्तैसंस्थाको कर्जा लगानी १५ अर्ब भन्दा माथि पुग्ने बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मर्जरपछि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट देशकै सबैभन्दा ठूलोमध्येको शाखा सञ्जाल र चुक्ता पुँजी भएको लघुवित्त बन्नेछ ।

मर्जर प्रक्रियाका कारण अहिले सेयरको दोस्रो बजारमा दुवै कम्पनीको कारोबार रोक्का छ । एनआईसी एशिया र स्वदेशी १०० : ९४ को स्वाप रेसियामा मर्ज भएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्