Shikhar Insurance

विरगञ्ज र हेटौंडाका लगानीकर्तालाई नेप्सेको सचेतना

सिंहदरबार संवाददाता
२०७७ चैत्र ८, आईतवार २२:३३
NIMB
Nabil Bank

काठमाडौं । नेप्से र एनसीएचएलले विरगञ्ज र हेटौंडामा पुँजीबजार सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाल स्टक एक्सचेन्स र सीडीएस एन्ड क्लियरिङको संयुक्त आयोजनामा स्थानीय शाखा रहेका ब्रोकर नं. १६, ५८, ३७ र ५४ तथा नेपाल पुँजीबजार लगानीकर्ता संघको सहआयोजनामा कार्यकम आयोजना गरेको हो ।

सो अवसरमा नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपाने, सञ्चालक समितिका सदस्य लक्ष्मी प्रसाद महर्जन, नेप्सेका प्रमुख कार्यकारी अधिकृत तथा सीडीएससीका अध्यक्ष चन्द्र सिंह साउद र सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले लगानीकर्ताको जिज्ञाशा तथा प्रश्नको जवाफ दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा नेप्सेको अनलाईन सिस्टम सम्बन्धी विस्तृत जानकारी दिनुका साथै सीडीएससीको राफसाफ सेवा, मेरो सेयरको प्रयोग तथा अन्य सेवासम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा अत्याधिक मात्रामा लगानीकर्ताहरुको सहभागिता रहेको थियो । लगानीकर्ताहरुले क्षेत्रिय रुपमा ब्रोकरहरुको शाखा खोल्न माग गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्