Shikhar Insurance

राष्ट्र बैंकले स्वायत्तताको दुरुपयोग नगरोस्-अर्थमन्त्री डा. महत

सिंहदरबार संवाददाता
२०८० असार २४, आईतवार १५:२८
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्र बैंकले स्वायत्तताको दुरुपयोग गर्न नहुने बताएका छन् । आर्थिक छलफल चौतारी नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा.महतले राष्ट्र बैंकले स्वायत्तताको दुरुपयोग गर्न नहुने बताएका हुन् ।

पछिल्लो समय अर्थमन्त्री र गभर्नरको सम्बन्ध बिग्रेको विषय आइरहेका बेला मन्त्री डा.महतले राष्ट्र बैंकले स्वायत्त निकायका रुपले काम गर्नुपर्ने अन्यथा अर्थ मन्त्रालयले हस्तक्षेप गर्न नपरोस् भनी सचेत पनि गराए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले राष्ट्र बैंकले पटक-पटक स्वायत्तताको दुरुपयोग गरेको आरोप पनि लगाए । अर्थ मन्त्रालयले पनि कहिलेकाही राष्ट्र बैंकमाथि अनावश्यक हस्तक्षेप गरेको स्वीकार पनि गरे । तर, आफूले भने राष्ट्र बैंकले एक तहको स्वायत्तताको उपयोग गर्दा आफूले सहयोग नै गर्ने पनि बताए ।

मन्त्री महतले राष्ट्र बैंकको स्वायत्ततालाई संवैधानिक आयोगको जस्तो नसोच्न आग्रह पनि गरे । केन्द्रीय बैंकले एक तहको स्वायत्तता दिएको छ, संवैधानिक आयोग जस्तो बनाउनु हुन्न, डा. महतले भने ।

मौद्रिक नीतिले मूल्य स्थिरता मात्रै हेरेर नहुने बरु बित्तीय स्थायित्वमा ध्यान दिनुपर्नेमा पनि जोड दिए ।

अब अर्थतन्त्र सुधार गर्नुपर्ने छ । बाह्य क्षेत्र ठीक छ, पर्यटक वृद्धि भएकै छन् । मौद्रिक नीति केही खुकुलो बनाउनेबित्तिकै अर्थतन्त्र चलायमान हुन्छ, अर्थमन्त्री महतले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्