Shikhar Insurance

थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’लाई

सिंहदरबार संवाददाता
२०७७ चैत्र ९, सोमबार १०:२७
NIMB
Nabil Bank

काठमाडौं । तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’ क्लबले हात पारेको छ । चन्द्रागिरि थानकोट गोदाममा रहेको पिम्फली खेल मैदानमा आइतबार साँझ सम्पन्न तेस्रो थानकोट गोल्डकपमा तिनथाना युथ क्लबलाई हराउँदै ब्रदर्शले उपाधि हात पारेको हो ।

उक्त गोल्डकपको विजेतासँगै ब्रदर्श क्बलले रु ८० हजार पुरस्कार जित्न सफल भएको छ । शुरूदेखि दबाब राख्न सफल भएको ब्रदर्श २–० ले हराउँदै विजेता टिम बन्न सफल भएको हो । चन्द्रागिरि नगरपालिकाभित्रका स्थानीय २४ वटा टोलीलाई पछि पार्दै उई आर ब्रदर्श र तिनथाना युथ क्लब फाइनलमा पुगेका थिए । उपविजेता तिनथाना युथ क्लबले रु ४५ हजार प्राप्त गरेको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलगायतलाई जनही रु पाँच/पाँच हजार नगद पुरस्कार राशि प्रदान गरिएको थियो । रासस

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्