Shikhar Insurance

कर्णाली प्रदेशका उद्यमी व्यवसायीलाई बैंकिङ साक्षरता तालिम

सिंहदरबार संवाददाता
२०७७ चैत्र १०, मंगलवार ११:५३
NIMB
Nabil Bank

सुर्खेत । काठमाडौंको सहयोगमा नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिद्वारा कर्णाली प्रदेशका व्यापारी÷व्यवसायीहरुमा बैंकिङ्ग तथा वित्तीय साक्षरता प्रदान गर्ने प्रमुख उद्धेश्यका साथ २०७७, चैत्र ९ गते वीरेन्द«नगरमा एक दिने बैंकिङ्ग साक्षरता कार्यक्रम संचालन गरेको छ ।

नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राज कुमार शाक्यको अध्यक्षता रहेको सो कार्यक्रममा मुख्य अतिथि नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शालिग्राम पोख्रेल थिए भने अतिथिमा उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष धन बहादुर रावत थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

यो कार्यक्रम व्यापारी÷व्यवसायीमा बैंकिङ्ग, कर्जा, कर तथा डिजिटल बैंकिङ्ग, कृषि सहुलियत योजना, कोभिड–१९ वाट प्रभावित ग्राहकका निम्ति बनाइएका नीति योजनाहरु सम्बन्धी ज्ञान र चेतनामा आधारित सूचनामुलक थियो । प्रत्येक बैंकवाट मनोनयन भएका ९५ ग्राहक वर्गवाट सहभागिता रहेको यस कार्यक्रम अत्यन्त प्रभावकारी भएको थियो र भविष्यमा पुनः यस्ता कार्यक्रमहरु लिएर आउनु पर्छ भन्ने सहभागीहरुको प्रतिक्रिया रह्यो ।

GBIME

प्रतिक्रिया दिनुहोस्