Shikhar Insurance

क्युआर कोड भुक्तानीले आर्थिक/समाजिक रुपान्तरणमा योगदान दिन्छः गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०७७ चैत्र १०, मंगलवार १७:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्युआर कोड प्रविधिले नगद रहित कारोवारलाई प्रोत्साहन गर्ने तथा मुलुकको आर्थिक। सामाजिक रुपान्तरणमा समेत ठूलो योगदान पु¥याउने बताएका छन् । नेपाल बैंकर्स संघ प्रदेश २ र प्रदेश २ सरकारको संयुक्त आयोजनामा जनकपुरमा क्युआरकोड सेवा आरम्भ गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्यूआर कोड मार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गरिने धारणा पनि राखे ।

कार्यक्रममा जनकपुरमा अवस्थित वाणिज्य बैंकहरुले ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको थियो ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले सबैले ‘डिजिटल बैंकिङ्ग’ मा जोड दिनुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले देशभर ‘डिजिटल नेपाल’ को प्रबद्र्धनमा नेपाल राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्न बैंकहरु तयार रहेको जानकारी दिए । क्यूआर कोडको प्रयोग अहिलेको कोभिड–१९ को महामारीको वेलामा झनै उपयोगी सावित हुने उल्लेख गरे । कार्यक्रममा उद्योगी।व्यवसायीहरु, बैंकका प्रदेश प्रमुखहरु लगायत विभिन्न वाणिज्य बैंकका प्रमुख।पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्