Shikhar Insurance

सिंगटी हाइड्रोको आईपीओमा १६ लाख बढी आवेदक, २ अर्ब ४७ करोडको आवेदन

सिंहदरबार संवाददाता
२०७७ चैत्र १०, मंगलवार १८:०२
NIMB
Nabil Bank

काठमाडौं । सिंगटी हाइड्रोको आईपीओमा १६ लाख २३ हजार ४ सय ५० आवेदन परेको छ । चैत ६ गतेदेखि निष्काशन भएको आईपीओमा सो मात्रामा आवेदकले २ करोड ४७ लाख २० हजार ४ सय ५० कित्ता सेयरका लागि २ अर्ब ४७ करोड २० लाख ४५ हजार बराबरको आवेदन दिएका हुन् ।

कम्पनीले चैत ६ गतेदेखि २९ करोड बराबरको २९ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । कुल निष्काशनमध्ये २ प्रतिशतले हुने ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुने एक लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधरणलाई वितरण गरिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले यसअघि आयोजना स्थल दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गरि बाँडफाँट समेत गरिसकेको छ । आईपीओमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सकिने छ । आईपीओको बिक्रि प्रबन्धक मेगा क्यापिटल हो ।

सिंगटी हाइड्रोपावरले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ । चार अर्ब ३३ करोड लगानीमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्