Shikhar Insurance

रुरु जलविद्युतको १२० रुपैयाँ पर्ने आईपीओ चैत २० गतेदेखि

सिंहदरबार संवाददाता
२०७७ चैत्र ११, बुधबार १०:३२
NIMB
Nabil Bank

काठमाडौं । रुरु जलविद्युत परिययोजनाले १२० रुपैयाँ पर्ने आईपीओ चैत २० गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता २० रुपैयाँ थपेर प्रति कित्ता १२० रुपैयाँ दरका ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ जारी गर्न लागेको हो ।

चैत २० देखि २४ गतेसम्म खुला हुने आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबैमा आवेदन दिन सकिन्छ। कुल निष्काशन मध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

Citizen Life
Kumar Bank

कम्पनीले साधारण लगानी फिर्ता हुने अवधि ५.२४ वर्ष तोकेको छ भने डिस्काउन्ट लगानी फिर्ता हुने अवधि ८.४२ वर्ष तोकेको छ। रुरुको विद्युत उत्पादन अनुमतिपत्रको समय २७ वर्ष बाँकी छ। कम्पनीका प्रति मेगावाट लागत भने १४ करोड ८९ लाख रुपैयाँ रहेको छ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्