Shikhar Insurance

पूर्वतयारी गरेपछि मात्र ठेक्का लगाउन समितिले पहिल्यै भनेको होइन ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र ११, बुधबार १७:५६
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यस अघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकमा हनुमन्ते कोरिडोरको हालसम्मको कार्यप्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिका निर्णयहरु सुनाउँदै सभापति कल्याणीकुमारी खड्काले आयोजना पूर्वतयारीका काम सम्पन्न नगरी ठेक्का नलगाउन समितिले यस अघि नै मन्त्रालयहरुलाई र सम्बन्धित निकायलाई निर्देशन दिएको विषयमा स्मरण गराउँदै आगामी दिनमा सोही अनुसार प्रक्रिया पुरा गरी आयोजनाको काम अगाडि बढाउन र कडाईका साथ समितिको निर्देशनलाई कार्यान्वयन गरी काम अगाडि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको बताइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

हनुमन्ते कोरिडोरको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको देखिएपनि मध्यपुरथिमि र सुर्यविनायक नगरपालिका भित्रका केही स्थानमा देखिएका समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित सबैलाई समितिले सुझाव समेत दिएको छ । हनुमन्ते कोरिडोर निर्माणको कार्यमा उल्लेख्य प्रगति भएको देखिए पनि मध्यपुरथिमि नगरपालिका वडा नं. ३ र सुर्यविनायक नगरपालिका वडा नं. २ का केही स्थानमा देखिएको अवरोध जनताका समस्या समाधान स्थानीय तह, जिल्ला प्रशासन र सम्बन्धित आयोजनाहरुले आवश्यक समन्वय गरी उपयुक्त निकास निकाल्न आवश्यक देखिएकोमा समितिले निकास निकाल्नको लागि पहल गर्न सुझाव पनि दिएको छ ।

समितिले दुई वर्ष अगाडि नै पूर्वतयारी सकेर आयोजनाको ठेक्का लगाउन निर्देशन दिएको थियो । सो निर्देशन बेवास्ता गर्दै हनुमन्ते कोरिडोरको ठेक्का लगाइएको समितिको बुझाइ छ ।

कोरिडोर निर्माणका क्रममा नागरिकको जग्गा समेत पर्ने भएकोले सम्पत्तिको हक संरक्षण गरी जग्गा एकीकरण योजना मार्फत सुनिस्चित गर्ने र अन्य समस्या समाधानका लागि समितिले समेत पहल गर्ने निर्णय बैठकले गरेको सभापति खड्काले बताइन् । हनुमन्ते कोरिडोर निर्माणका क्रममा नागरिकहरुको जग्गा समेत पर्ने भएकोले सम्पत्तिको हकको संरक्षण गरेर सो कार्य जग्गा एकीकरण योजना मार्फत सुनिश्चित गर्ने र कोरिडोर निर्माण सम्बन्धमा अन्य समस्या देखिएमा त्यसको समाधानका लागि समितिले आवश्यक पहल गर्ने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्