Shikhar Insurance

उर्जा बचत गर्ने दुई कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान

सिंहदरबार संवाददाता
२०७७ चैत्र ११, बुधबार १८:२१
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उर्जा वचत गरे वापत सुजल डेरी र गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई अनुदान सहयोग गरेको छ । जर्मन सरकारबाट केएफडब्ल्यु बैंक मार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी ईफिसियन्सी प्रोग्राम नेपाल को अनुदान कार्यक्रम अन्तर्गत सुजल डेरीलाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैंया र गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैंया रकम हस्तान्तरण गरेको हो । बैंकले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । उनले हालसम्म १९ वटा उद्योगहरुलाई ६ करोड ९४ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए । नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी ईफिसियन्सी प्रोग्राम नेपाल आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट कार्यान्वयन एजेन्सीको रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख विनयरमण पौडेल, प्रबन्धक रामजी भण्डारी, उपप्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरु क्रमशः हेमेन शाक्य, सरोज न्यौपाने लगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्