Shikhar Insurance

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल नगरपालिका संघबीच सम्झौता, लगानीमा साँझेदारी हुने

सिंहदरबार संवाददाता
२०७७ चैत्र ११, बुधबार १८:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र नेपाल नगरपालिका संघबीच सार्वजनिक निजी साझेदारी एवं निजी क्षेत्रको सहभागितामा पूर्वाधारका परियोजना निर्माण, लगानी एवं संचालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा निफ्रा र नगरपालिका संघबीच नगरपालिकाको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक बृद्धिलाई सहयोग पुर्‍याउन पूर्वाधार लगानीमा पर्याप्त बृद्धि हुनु पर्ने आवश्यकतालाई ध्यानमा राखी सझदारी भएको हो ।

समझदारीले नगरपालिका अन्तर्गतका सामाजिक तथा भौतिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्ने र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राबिधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विभिन्न नगरपालिकामा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयनमा निफ्राले भूमिका खेल्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

नगरपालिका संघ तथा निफ्रा बीच नेपाल नगरपालिका संघको २८ औ स्थापना दिवस को अवसरमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरे । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई, सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नगरपालिका संघ सँगको सहकार्यलाई अझ प्रगाढ बनाउदै आगामी दिनमा मुलुकका अन्य निकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्