Shikhar Insurance

चापागाँईलाइ हटाउन ल्याएको व्यवस्था सिलवाल आएपछि उल्टीयो

सिंहदरबार संवाददाता
२०७७ चैत्र १२, बिहीबार १४:५८
NIMB
Nabil Bank

काठमाडौं । बीमा प्राधिकरण ऐनले बीमा समितिका वर्तमान अध्यक्ष र संचालकहरुको कार्यकाल यथावत राख्ने भएको छ । यसअघि बीमा प्रधिकरण विधेयकको मस्यौदामा नयाँ ऐन लागु भएपछी संचालक र अध्यक्ष पुननिर्युक्त हुनुपर्ने प्रस्ताव थियो ।

बीमा समितिले प्राधिकरण ऐन लागु हुँदा बहाल रहेका अध्यक्ष र सञ्चालकहरु बाँकी अवधीका लागि कायमै रहने व्यवस्था प्रस्ताव गरेको थियो । तर तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले समितिका तत्कालिन अध्यक्ष चिरञ्जिवी चापागाईलाई हटाउनका लागि ऐन लागु भएपछि बहालवाला अध्यक्ष र सञ्चालकको पदावधि स्वतः सकिने व्यवस्था गरेर संसदमा पेश गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहिबार प्रतिनिधी सभाको अर्थ समितिमा जारी दफावार छलफलमा समितिले नै अघि सारेको प्रस्ताव पास भएको हो । अब बीमा प्राधिकरण ऐन कार्यान्वययनमा आउँदा बहालवाला अध्यक्ष र सञ्चालक समिति सदस्यहरु बाँकी अवधीका लागि कायमै रहनेछन् । चिरञ्जीवी चापागाईलाई हटाउन अघि सारिएको प्रस्ताव सुर्य प्रसाद सिलवाल अध्यक्ष बनेर आएपछि उल्टिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्