Shikhar Insurance

बैंकका कर्मचारीलाई २०७८ सालामा ३४ दिन सरकारी बिदा, कुन महिना कति ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र १२, बिहीबार १८:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीले २०७८ सालमा पाउने बिदाको सुची सार्वजनिक गरेको छ । जसअनुसार २०७८ सालमा बैंकका कर्मचारीले ३४ दिन सरकारी बिदा पाउने भएका छन् । बिहीबार राष्ट्र बैंक जन शक्ति व्यवस्थापन विगागले सुचना जारी गर्दै २०७८ सालमा बैंक तथा वित्तीय संस्था र सम्बन्धित निकायको सरकारी बिदा सुची सार्वजनिक गरेको हो ।

गृह मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनाको आधारमा राष्ट्र बैंकले देशभरका बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकका कार्यालयहरू र राष्ट्र बैंकको नियमनमा रहेका सम्पुर्ण संस्थाहरू समेतमा हुने विदा तथा कार्यसमय तोकिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । सो दिन कर्मचारीलाइृ बिदा हुनुका साथै बैंक तथा वित्तीय संस्था राष्ट्र बैंक र नियमनमा रहेका सम्पुर्ण संस्थाहरू बन्द हुने उनले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

सार्वजनिक बिदा सुचीअनुसार बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले ०७८ सालको दशैको बिदा ५ दिन र तिहारको बिदा ४ दिन पाउनेछन् । साथै, विभिन्न पर्व तथा उत्सर्वहरुमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले बैशाख महिनामा २ दिन, जेठ महिनामा२ दिन, भदौ महिनामा ३ दिन, असोज महिनामा ९ दिन र काक्तिक महिनामा ६ दिन सरकारी बिदा पाउँछन् ।

साथै, मंसिर महिनामा २ दिन, माघ महिनामा १ दिन, फागुन महिनामा ३ दिन र चैत महिनामा ३ दिन सरकारी बिदा बैंक तथा वित्तीय संस्थामा कर्मचारीले पाउने छन् ।
सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानमा हुने विषेशका लागि सो शिर्षकका बिदाका मिति फरक मितिमा छुट्याइएको छ । सो बिदा सरकारी निर्णय अनुसार परिवर्तन हुन सक्ने समेत उक्त सुचनामा उल्लेख गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्