Shikhar Insurance

थारु समुदायको माग सम्बोधन गर्न वार्ता टोली बनाउँछौँ : गृहमन्त्री

सिंहदरबार संवाददाता
२०७७ चैत्र १२, बिहीबार १९:३१
NIMB
Nabil Bank

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले थारु समुदायले राखेका माग सम्बन्धमा छलफल गर्न मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गर्ने जानकारी दिए ।
माइतीघर मण्डलामा विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट/थारुवान् संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले टीकापुर घटनालगायत थारु समुदायले राखेका १९ बुँदे मागबारे सरकार गम्भीर रहेको बताए ।

उक्त समस्याको छिटोभन्दा छिटो समस्या समाधान गरिने गृहमन्त्री थापाको भनाइ छ । थापाले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीसँग पनि वार्ताका माध्यमबाट समस्या समाधान गरिएको जनाउँदै थारु समुदायको माग पनि वार्ताबाटै टुङ्गोमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, रेशम चौधरीलगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थरुहट आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका माग राख्दै केही दिनदेखि आन्दोलन परिचालन समितिका सदस्य माइतीघर मण्डलामा धर्ना बसेका थिए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्