Shikhar Insurance

महिलाहरुको आर्थिकस्तर सुधार गर्ने महत्वपूर्ण माध्यम पुँजी बजार होः अध्यक्ष ढुंगाना

सिंहदरबार संवाददाता
२०७७ चैत्र १२, बिहीबार २०:४३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले महिलाहरुको आर्थिकस्तर सुधार गर्ने महत्वपूर्ण माध्यमका रुपमा पुँजी बजार स्थापित भएको बताएका छन् । युएन वुमनको आव्हानमा वर्ड फेडेरेशन अफ एक्सचेञ्जेजमा आवद्ध नेपाल स्टक एक्सचेञ्जले आयोजना गरेको रिङ द बेल फर जेण्डर इक्वालिटी कार्यक्रममा बोर्ड अध्यक्ष ढुंगानाले पुँजी बजार पनि महिला शसक्तिकरणका लागि एउटा गतिलो माध्यम भएको बताएका हुन् ।

‘पूँजी बजारले रोजगारी, आय लगायत विभिन्न आर्थिक गतिविधि चलायमान बनाउछ, नेपालको पूँजी बजारमा पनि पछिल्लो समय महिला लगानीकर्ताको उपस्थिति उत्साहजनक देखिन थालेको छ, जसले उनीहरुको आर्थिक स्तर उकास्न सहयोग गर्छ’, अध्यक्ष ढुंगानाले भने । उनले कुल डिम्याट खातामा महिलाको सहभागीता ४२ प्रतिशत रहेको र कुल मेरो शेयर खातामा करिब ४५ प्रतिशत हिस्सा महिलाहरुले ओगटेको जानकारी पनि दिए ।

Citizen Life
Kumar Bank

दोस्रो बजारमा धितोपत्रको कारोबारका लागि खोलिएको कुल कारोबार खातामा पनि करिब ३१ प्रतिशत हिस्सा महिलाको रहेको उनले बताए ।
बोर्ड लगायत पूँजी बजारका अन्य निकायहरूको उच्च व्यवस्थापकिय तहमा महिलाहरू रहने क्रम बढ्दै गएको र आगामी दिनमा थप सुदृढ गर्दै लैजानुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर निलम ढुंगाना तिम्सिना, इन्टरनेशनल फाइनान्स कर्पाेरेशन कार्यक्रम निर्देशक लोप रहमान, युएन ग्लोबल कम्प्याक्टका प्रेसिडेन्ट प्रदीप मान बैद्य र मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीले पनि महिला सहभागिता अभिवृद्धि र समावेशिताको लागी भएका प्रयासका बारेमा मन्तव्य राखेका थिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्