Shikhar Insurance

हिरोज अफ नेपालमा सेफ सन्तोष शाह सम्मानित

सिंहदरबार संवाददाता
२०७७ चैत्र १२, बिहीबार २२:४१
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंकले हिरोज् अफ नेपालमा सेफ सन्तोष शाह सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्च हिरोज अफ नेपालमा शाह सम्मानित भएका हुन् ।

हिरोज अफ नेपालको दोस्रो संस्करणमा नेपाली खानालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने शाह सम्मानित भएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

शाहले यूकेको मास्टरसेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारलाई विश्व सामु चिनाएका थिए । उनले नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शन गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएकों बैंकको बुझाइ छ । शाह, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र पूर्व मिस नेपाल अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा शाहले आफ्नो उपलब्धिका बारेमा बोलेका थिए भने जीवन यात्राका चुनौती पनि विस्तार गरे ।

नबिल बैंकले शाहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गरेका बताएको छ । बैंकले सेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्