Shikhar Insurance

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तस्करी गतिविधि रोक्न सबै निकायकाे समन्वय आवश्यक छ: अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०८० श्रावण ११, बिहीबार १३:४८
NIMB
Nabil Bank

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तस्करी वा अन्य अवान्छित गतिविधि नियन्त्रणमा सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयलको बिहीबार बिहान निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री महतले विमानस्थल भन्सार कार्यालय, राजस्व अनुसन्धान विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नागरिक उड्डयन प्राधिकरण लगायत सम्पूर्ण निकायहरूबीच समन्वय र सूचनाको आदानप्रदान भए अवैध गतिविधि रोक्न सकिने बताएका हुन्।

Citizen Life
Kumar Bank
Nepal Life

सबै निकायले उच्च सतर्कता अपनाउँदै जिम्मेवारीपूर्वक काम गर्न आवश्यक रहेको अर्थमन्त्री महतले बताए। उनले भने एउटा निकायको जोडबलले मात्रै केही परिणाम ननिस्कने बताए । उनले निरीक्षण पछिको छलफलमा आफूले सोहीअनुसारको निर्देशन दिएको बताए। विमानस्थलमा प्रविधि अपडेट गर्नेदेखि जनशक्तिलाई दक्ष बनाउन सरकार संवेदनशील रहेको उनले बताए।

‘तस्करीहरूले नयाँ-नयाँ प्रविधिहरूको प्रयोग गरिसरहेका छन्। हामीले हाम्रो प्रविधिलाई पनि त्यहीअनुसारको अपग्रेड गर्नुपर्छ,’ उनले भने, ‘उहाँहरूलाई चाहिने जनशक्ति विकासदेखि प्रविधि अपग्रेड गर्ने कुरामा मन्त्रालयको पूर्ण सहयोग रहन्छ।’

उनले भन्सारमा अस्वभाविक गतिविधि भइरहेका छन् भने ती कुराहरूलाई अनुसन्धानमा जोडिएका व्यक्तिहरूले निगरानीमा राख्ने र त्यसका आधारमा सूचना आदानप्रदान हुनुपर्ने उनले बताए।

१०० किलो सुन प्रकरणमा पनि सूचनाको आदानप्रदान भएकाले समात्न सकिएको उनले बताए। ‘त्यो भयो भने अपराध गर्ने मानसिकता भएका व्यक्तिहरूको प्रविधि दुरूपयोग गर्ने प्रयास विफल हुन्छ,’ उनले भने।

अर्थमन्त्री महतले कुनै पनि बहानामा उदासीन देखाउने र आफ्नो जिम्मेवारीमा क्रियाशील नहुनेमाथि शून्य सहनशीलताको नीति अपनाउने चेतावनी दिइएको बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्