Shikhar Insurance

महासंघको भिजन पेपर चैत २८ गते, समृद्धिको मार्ग चित्र समेटिने

सिंहदरबार संवाददाता
२०७७ चैत्र १३, शुक्रबार २०:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले चैत २८ गते भिजन पेपर सार्वजनिक गर्ने भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपरमा समृद्धिको मार्ग चित्र कोरिने जानकारी पनि दिए ।

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठक परिषद बैठकमा सहभागी हुँदै अध्यक्ष गोल्छाले भने–‘महासंघको भिजन पेपर आगामी चैत्र २८ बाट सार्वजनिक गरिन्छ र भिजन पेपरले दिएका सुझावहरूको कार्यान्वयनका लागि एक संयन्त्र बनाइनेछ । निजी क्षेत्रले सधै सतही सुझाव मात्र दिन्छन भन्ने आरोपलाई भिजन पेपरले गलत सावित गरिदिन्छ ।’, गोल्छाले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने पनि दावी गरे । महासंघ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागिपरेको भन्दै हाम्रो मुख्य थीम नै “सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल” रहेकाले सिंगो निजी क्षेत्रले यसलाई अपनत्व लिनु पर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठकले परिषद्को उप–सभापतिहरूमा अरनिको राजभण्डारी, सुनिल गोपाल श्रेष्ठ र सुरेन्द्र भाई शाक्यलाई चयन गरेको छ । सभापति भने बस्तुगत संघ तर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ रहेका छन् ।

त्यसैगरी परिषद्को सदस्यहरूमा नरेशलाल श्रेष्ठ, मिनमान श्रेष्ठ, सुमित कुमार केडिया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाल, मनिषलाल प्रधान, प्रकाश सिंह कार्की, हेमराज ढकाल, विष्णु प्रसाद गैरे, संदिपकुमार अग्रवाल, गोविन्द ढुंगेल, सुवोध कुमार गुप्ता, आकाश अधिकारी, राम बहादुर श्रेष्ठ, बच्चु पौडेल, रविन पुरी, लिलेन्द्रप्रसाद प्रधान र रितेस लामिछाने छन् ।

परिषद्को विशेष आमन्त्रितहरूमा दीपकप्रसाद दाहाल, सारदा रिजाल, भुपेन्द्र प्रसाद गौतम, अशोक शर्मा, रविन श्रेष्ठ, सूर्य बहादुर मगर, दीपक पाण्डे, दूर्गा विक्रम थापा, गोकुल भण्डारी, कुमार कसजु श्रेष्ठ, मृगेन्द्रमेहर श्रेष्ठ, रवि सिंह, राजकुमार कार्की, सरोज काजी तुलाधर, शंकर खड्का, श्रीराम अधिकारी, सिताराम रेग्मी, स्वयम्भु कृष्ण श्रेष्ठ, टिकाराम पोखरेल, सुनिल कुमार धानुका ९वंशल०, सुवाष भण्डारी, रामकृष्ण श्रेष्ठ, मनोज अधिकारी, चन्द्र प्रसाद न्यौपाने, श्याम सुन्दर ढकाल, महेन्द्र बहादुर चित्रकार, कमलराज अधिकारी, रामेश्वर शाह, मणी देव भटटराई, विष्णु बहादुर कार्की, हरिहर फुयांल, ईन्द्र खनाल र स्वर्णा ताम्राकार हुनुहुन्छ । त्यसैगरी अनुपबहादुर मल्ल, विप्लवमान सिंह, राजन शर्मा, शिव प्रसाद घिमिरे, उदय चापागाईं, मोहनकुमार सुनार, रमेश प्रसाद श्रेष्ठ, देवदास मानन्धर, राजेन्द्र घिमिरे, डा। हेमन्त दवाडी र रितेस रिमाल परिषद्मा सल्लाहकारमा मनोनित भएका छन् ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र कोषाध्यक्ष सुकुन्तलाल हिराचनले परिषद् मार्फत क्षेत्रगत विषयमा छलफल चलाई वस्तुगत संघहरूका समस्या समाधानमा परिषद्लाई सफलता मिल्दै जाओस् भने ।

परिषद्का सभापति अन्जन श्रेष्ठले सबै वस्तुगत संघहरूका समस्या, गुनासा, सुझावहरूलाई परिषद् मार्फत संकलन गरी त्यसको समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । परिषद्को पहिलो बैठकबाट १) परिषदका काम कर्तव्यलाई प्रभावकारी बनाई कार्य गर्न उद्योग, सेवा, कृषि लगायतका महत्वपूर्ण क्षेत्रलाई समेटने गरी विभिन्न उपसमूह बनाई कार्य गर्ने, २) वस्तुगत संघहरूबाट क्षेत्रगतरुपमा सुझाव संकलन गरी सरकारमा पेश गर्न छिट्टै एक वृहद छलफल कार्यक्रमको आयोजना गर्ने र ३) परिषदका आगामी कार्ययोजनाहरू छिट्टै तयार गर्ने निर्णय समेत भएको छ ।

परिषद्ले मुलत वस्तुगत सदस्य संघहरू वीच समन्वय एवं समझदारी कायम गर्ने, आफ्ना वर्गका सदस्यहरूको समस्या पहिचान गरी तिनीहरुको समाधानका उपायहरू खोजी कार्यकारिणी समितिमा प्रस्तुत गर्ने, आफ्नो वर्ग र क्षेत्रसंग सम्बन्धित बिषयमा अध्ययन अनुसन्धान गर्ने तथा त्यसबाट प्राप्त निष्कर्ष तथा सुझावहरू कार्यान्वयनको लागि पेश गर्ने लगायतका कार्यहरू गर्ने कुरा महासंघको विधानमा उल्लेख छ  ।

GBIME

प्रतिक्रिया दिनुहोस्