Shikhar Insurance

कारवाहीको डर छैन, ओलीसँग झुक्दिन- माधव नेपाल

सिंहदरबार संवाददाता
२०७७ चैत्र १४, शनिबार १४:४४
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफुलाई कारवाहीको डर नभएको स्पष्ट पारेका छन् । वृहत नागरिक आन्दोलनले आयोजना गरेको संवादमा उनले आफुलाई कारवाहीको कुनै डर नभएको बताएका हुन् ।

‘केहि नबोलौं भने पार्टीको ढोका बन्द छ, बोलौं भने अझै घोक्र्याएर निकाल्लान भन्ने अवस्था छ, तर मलाई त्यस्तो कुनै डर छैन्, म आन्दोलनको नेता हुँ, मलाई कुनै डर छैन’, नेता नेपालले भने । उनले राजनीति सोझो बाटोबाट अघि बढ्ने सम्भावना नरहेको बताउँदै ओलीले अझै तिकडम गर्न सक्ने पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

आफु बालुवाटारको बैठकमा नजाने घोषणा गरेको र स्पष्टीकरणको जवाफमा ओलीलाई नै स्पष्टीकरण सोधेको उनले बताए । उनले आफु ओलीसँग कुनै हालतमा नझुक्ने बताउँदै भने- ‘म ओलीसँग झुक्दिन, जस्तो सुकै परिस्थितिको सामना गर्न तयार छु ।’ उनले आफुले अहिले नै सक्रिय राजनीति नछाड्ने पनि स्पष्ट पारे । उनले आफुहरु परिपक्क समयको पर्खाईमा रहेको र उपयुक्त समयमा निर्णय लिएर अघि बढ्ने पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्