Shikhar Insurance

म्यानमारमा एकै दिन ८९ जना प्रदर्शनकारीको मृत्यु

सिंहदरबार संवाददाता
२०७७ चैत्र १४, शनिबार २१:२३
NIMB
Nabil Bank

काठमाडौं । म्यानमारमा सैन्य सरकार विरुद्ध आन्दोलनरत प्रदर्शनकारीहरुमाथी सेनाले जभाभावी गोली चलाएको छ । सेनाको गोली लागेर शनिबार एकै दिन ८९ जना भन्दा बढी प्रदर्शनकारीहरुको मृत्यु भएको छ ।

आर्मड फोर्स डेका दिन शनिबार सडकमा उत्रिएका प्रदर्शनकारीहरुमाथि सेनाले गोली चलाएको थियो । शनिबार नै सैन्य सरकार प्रमुख आङ लाइङले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने बताएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

म्यानमारमा सेनाले जन निर्वाचित सरकारलाई अपदस्त गर्दै फेब्रुअरीमा शासन सत्ता हातमा लिएको थियो । सैन्य कुपछि सुरु भएको प्रदर्शनमा ३२० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्