Shikhar Insurance

किसानहरुले सांसदलाई निर्वस्त्र पारेर पिटे

सिंहदरबार संवाददाता
२०७७ चैत्र १५, आईतवार ०८:२४
NIMB
Nabil Bank

काठमाडौं । भारतको पञ्जाबमा आन्दोलनरत किसानहरुले एक सांसदलाई निर्वस्त्र पारेर सडकमै कुटपिट गरेका छन् । अंग्रेजी पत्रिका टाइम्स अफ इण्डियाका अनुसार शनिबार पञ्जाबको अबोहरमा बिजेपीका विधायक अरुण नारंगलाई आक्रोशित किसानहरुले निर्वस्त्र पारेर कुटपिट गरेका हुन् ।

केन्द्र सरकारले ल्याएको तीन कृषि कानुनको विरोधमा आन्दोलन किसानको निसानामा बिजेपी सांसद नारंग परेका थिए । आक्रमण्मा सांसद नारंगको कपडा पुरै च्यातिएको छ । उनलाई किसानहरुको हिंस्रक भिडबाट प्रहरीले जोगाएको थियो ।
पञ्जाबमा काँग्रेस सरकारको चार वर्षे कार्यकालबारे बिजेपीले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सोही पत्रकार सम्मेलनमा जाँदै गर्दा बिजेपी सांसदमाथि दुर्व्यवहार भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्