Shikhar Insurance

खुल्यो भन्सार एजेन्टको जागिर : ६ सय ६० एजेन्ट थप हुने, बीए पासहरूले यसरी दिनुहोस् आवेदन

सिंहदरबार संवाददाता
२०७७ चैत्र १६, सोमबार ०८:२०
NIMB
Nabil Bank

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्ट थप गर्ने सूचना प्रकाशन गरेको छ । विभागले ६ सय ६० जना एजेन्ट थप गर्ने भएको हो ।

ब्याचलर पास गरी ३ महिना कम्प्युटर तालीम लिएका २१ वर्ष पुरा भएका नेपाली नागरिक भन्सार एजेन्टका लागि योग्य हुन्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

३ हजार रुपैयाँ आवेदन शूल्क तिरेर भन्सार एजेन्टमा प्रतिस्पर्धा गर्न पाउँछन् । योग्य नेपाली नागरिकले वैशाख ५ गतेसम्म आवेदन दिन पाउँछन् भने दोब्बर दस्तुर तिरेर वैशाख १२ सम्म आवेदन दिन पाउँछन् ।

भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलका रुपमा काम गर्छन् । मालसामान आयात प्रक्रियामा व्यवसायीले एजेन्टलाई आफ्नो प्रतिनिधि नियुक्त गरेको हुन्छ । व्यवसायीले ‘मेरो मालसमान पास गर्ने यो व्यक्ति हो’ भनेको घोषणाअनुसार एजेन्टले भन्सार जाँचपास गर्न पाउँछ ।

दुई दशकपछि भन्सार एजेन्ट थप हुने भएका हुन् । परिक्षाको पाठ्यक्रम तयार भइसकेको छ ।

२० वर्षअघि चार सय भन्सार एजेन्टलाई लाइसेन्स दिइएको थियो । त्यो संख्या अहिले घटेर १७० जनामा सीमित छ ।

२०६५ वैशाख १४ गतेसम्म कुनै भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई दुई वर्षदेखि भन्सार एजेन्टको प्रतिनिधिको रूपमा काम गरेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालय प्रमुखले कार्यालयको अभिलेखको आधारमा सो बेहोरा प्रमाणित गरेमा त्यस्तो व्यक्तिलाई भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त दिन उपनियम उल्लेखित शैक्षिक योग्यता आवश्यक पर्दैन । उसले प्रतिनिधिका रुपमा दुई वर्ष काम गरेको भए, आईए वा सोसरहको शैक्षिक योग्यता भए पुग्छ । तर, परीक्षामा सबै समान रुपमा सहभागी भने हुनुपर्छ ।

पछिल्लो समय भन्सार धेरै किसिमले डिजिटल भइसकेको छ । पुरानो लाइसेन्स होल्डर हातले लेख्ने, परम्परागत शैलीमा प्रज्ञापनपत्र भर्ने गरी प्रशिक्षित छन् । यही परिवेशलाई मध्यनजर गर्दै भन्सारले नयाँ एजेन्ट लाइसेन्स दिन लागेको हो ।

नयाँ तथा सूचना प्रविधिमैत्री जनशक्तिलाई भन्सार एजेन्ट बनाउन पाइयो भने डिजिटल भन्सार बनाउने कार्यमा बल पुग्ने विश्वास भन्सार प्रशासनको छ । दक्ष जनशक्ति आउँदा सेवा प्रवाह सजिलो हुन्छ र व्यवसायीलाई पनि दक्ष एजेन्टले दिने सेवा गुणस्तरीय हुने दाबी भन्सारले गरेको छ ।

अर्कातर्फ बजारमा थोरै एजेन्ट बाँकी रहँदा व्यवसायीलाई छनोटको अवसर कम छ, एउटा एजेन्टसँग बाध्य भएर काम गर्नुपर्ने अवस्था छ । यसैगरी थोरै एजेन्ट हुँदा सिन्डिकेट भएको गुनासो पनि छ । हालसम्म पटकपटक गरी कुल ४ सय ८ जनाले प्रोफेसनल लाइसेन्स पाएका छन् । त्यतिबेला एजेन्टको काम गर्न ठूला घरानाले समेत लाइसेन्स लिएका थिए ।

समयक्रममा उनीहरूको लाइसेन्स खारेज हुँदै गयो भने कतिपय एजेन्टको निधन हुँदै गयो । अहिले १७० जना एजेन्ट र एजेन्टले नियुक्त गरेको प्रतिनिधि ३५० छन् ।

यसरी दिनुहोस् आवेदनः

GBIME

प्रतिक्रिया दिनुहोस्