Shikhar Insurance

एनआरएनए महासचिव पौडेल अध्यक्षमा लड्ने

सिंहदरबार संवाददाता
२०८० श्रावण २३, मंगलवार १२:४२
NIMB
Nabil Bank

काठमाडौंः गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न ११ औं महाधिवेशनमा हालका महासचिव डा. केशव पौडेलले उम्मेदवारी दिने भएका छन् ।

हालै क्यानडामा आयोजित एनआरएनए कार्यक्रममा पौडेलले आफूलाई नेतृत्वमा अघि बढ्नका लागि एनआरएनएका अग्रज तथा विभिन्न देशबाट एनआरएनए सदस्यहरुबाट सुझाव आएकाले आफूले संस्थाको नेतृत्व गर्ने सोच बनाएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

आफूले सुरुदेखि नै अघि सारेको नागरिकताको मुद्दामा केही सकारात्मक परिवर्तन भए पनि डा. पौडेलले नेपाली नागरिकताको मुद्दालाई प्राथमिकता दिएर अघि बढ्ने बताएका छन् ।

हाल गैरआवासीय नागरिकताको व्यवस्था भए पनि त्यसले मताधिकारसहित अरु अधिकारबाट देशका लागि योगदान दिने गैरआवासीयहरु बञ्चित भएको अवस्था छ । विभिन्न ठूला विकसित देशमा द्विदेशीय नागरिकताको प्रावधान भएका बेला नेपालमा पनि नागरिकता निरन्तर कायम रहने विषय प्रमुखताका साथ लिएर जाने पौडेलले बताए ।

संस्था ठूलो भएकाले भद्दा र नतिजामुखी बन्न नसकेको अवस्थामा एनआरएनएको संस्थागत सुधारलाई पनि पौडेलले एजेण्डा बनाएका छन् । यसका अलावा विदेशमा बस्ने नेपालीहरुका प्रमुख समस्याहरुमा मुखर भएर लाग्ने योजना पनि पौडेलले बनाएका छन् ।

विभिन्न देशका राष्ट्रिय सम्मेलन सकिइसकेका बेला व्यवसायिक चिकित्सा पेसासँगै एनआरएनए अभियानमा महत्वपूर्ण समय दिएका पौडेलको नेतृत्व दौडलाई धेरै अगुवाले सकारात्मक हेरेका छन् ।

अमेरिकामा कार्यरत पौडेललाई त्यहाँबाट ठूलो समर्थन मिलेको छ । यसबाहेक धेरै मतदाता भएका युरोपेली तथा अष्ट्रेलियासँगै साना देशबाटसमेत उम्मेदवारीका लागि आग्रह भएकाले पौडेल आशावादी छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्