Shikhar Insurance

नेप्से ५ अंकले घट्दा चन्द्रागिरीको मूल्यमा पनि गिरावट, कारोबार रकम पनि कम हुँदै

सिंहदरबार संवाददाता
२०७७ चैत्र १६, सोमबार १५:२९
NIMB
Nabil Bank

काठमाडौं । सोमबार नेप्से परिसूचक ५ अंकले घटेको छ । कारोबार सुरू हुँदै घट्न थालेको सेयर बजारमा दिनभरको उतारचढावपछि सामान्य गिरावट देखिएको हो ।

नेप्से परिसूचक ५.४५ अंकले घटेर २५४३.५२ अंकमा आइपुगेको छ । परिचूक घट्दा सेयर बजारमा कारोबार रकम पनि कमी हुन थालेको छ । आज ४ अर्ब ४१ करोड रूपैयाँमा २०९ कम्पनीका ९१ लाख ३८ हजार कित्ता सेयर किनबेच भए ।

Citizen Life
Kumar Bank
Nepal Life

समूहगत उपचसूचकतर्फ जलविद्युत्, वित्त र लघुवित्त बाहेक सबै उपसूचक घट्दा नेप्सेमा गिरावट आएको हो ।

नेप्से घटेपनि ४ कम्पनीको सेयर मुल्यमा भने पोजिटिभ सर्किट लागे । लगातार उकालो लागिरहेको चन्द्रागिरी हिल्सको सेयर मूल्य सर्वाधिक ७.१७ प्रतिशतले घट्यो । कम्पनीको मूल्य १९ सय ३० रूपैयाँ प्रतिकित्ता कायम भएको छ ।

कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोसी र चन्द्रागिरी हिल्स शीर्षमा रहे ।

गत बिहीबार पनि घटेको नेप्सेको यो लगातार दोस्रो गिरावट हो । पछिल्लो समय नेप्सेले बढ्ने संकेत गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्