Shikhar Insurance

वायु प्रदूषणका कारण देशभरका शिक्षण संस्था ४ दिन बन्द

सिंहदरबार संवाददाता
२०७७ चैत्र १६, सोमबार १६:०४
NIMB
Nabil Bank

काठमाडौं । गत शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बढेको वायु प्रदूषणका कारण नेपाल सरकारले देशैभरको शिक्षण संस्था भोलि देखी ४ दिन बन्द गर्ने निर्णय गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै देशभरका शिक्षण संस्था ४ दिन बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्