Shikhar Insurance

चैतमा २४ अर्बले बढ्यो निक्षेप, कर्जा विस्तार ५१ अर्बको

सिंहदरबार संवाददाता
२०७७ चैत्र १६, सोमबार १८:३८
NIMB
Nabil Bank

काठमाडौं । चैत महिनामा बैंकिङ प्रणाालीमा २४ अर्ब निक्षेप थपिएको छ । यही अवधीमा ५१ अर्ब रूपैयाँको कर्जा विस्तार भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

संघको तथ्यांकअनुसार चैतको पहिलो साता वाणिज्य बैंकमा १४ अर्ब निक्षेप थपिँदा २३ अर्बको कर्जा प्रवाह भएको थियो । यस्तै दोस्रो साता १० अर्ब निक्षेप थपिँदा २८ अर्ब कर्जा प्रवाह थपिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यससँगै वाणिज्य बैंकहरूमा भएको निक्षेप बढेर ३८ खर्ब ५० अर्ब पुगेको छ भने कर्जा २४ खर्ब ६२ अर्ब पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्