Shikhar Insurance

पञ्चकन्या फाउन्डेसन र अजिसबीच सम्झौता

सिंहदरबार संवाददाता
२०७७ चैत्र १६, सोमबार १९:४८
NIMB
Nabil Bank

काठमाडौं । पञ्चकन्या ग्रुपअन्तर्गतको पञ्चकन्या फाउन्डेसन र अजिसबीच सम्झौता भएको छ । वृद्धवृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्न उपयुक्त स्थान उपलब्ध गराउने उद्देश्यले यी दुई संस्थाबीच सम्झौता भएको बताइएको छ ।

साझेदारीको मुख्य उद्देश्य युवापुस्ता र वृद्धवृद्धाबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्राचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पुर्‍याउनु रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसको प्रत्येक शृंखलाले बूढापाकाहरुको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाइबारेमा भावी पिँढीलाई त्यसतर्फ प्रोत्साहित गर्न सहयोग गर्ने दाबी गरिएको छ । यसको प्रत्येक शृंखलाहरु नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्