Shikhar Insurance

बोनस बाँडेका तीन कम्पनीको मूल्य समायोजन, नयाँ मूल्य कति

सिंहदरबार संवाददाता
२०७७ चैत्र १७, मंगलवार ०९:१२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन कम्पनीको मूल्य समायोजन गरेको छ । बोनस सेयर वितरण गरेका नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको मूल्य समायोजन गरिएको हो ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस सेयर बाँडेको थियो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ८ सय ४३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । समायोजित मूल्य अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ८१ रूपैयाँ कायम भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ प्रतिशत बोनस सेयर बाँडेको थियो । कम्पनीको समायोजित सेयर मूल्य प्रतिकित्ता १ हजार ६ सय ४२ रूपैयाँ कायम हुनेछ । सोमबारको अन्तिम कारोबार मूल्य एक हजार ८ सय ३९ रुपैयाँ थियो ।

यसैगरी ग्रीन डेभलपमेन्ट बैंकको समायोजित मूल्य प्रतिकित्ता १ सय ६९ रूपैयाँ भएको छ । बैंकले ३.८ प्रतिशत बोनस सेयर बाँडेको थियो । सोमबारको अन्तिम कारोबार मूल्य १ सय ७५ रुपैयाँ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्