Shikhar Insurance

अजोड इन्स्योरेन्सले २:१ बराबर हकप्रद निष्काशन गर्ने

सिंहदरबार संवाददाता
२०७७ चैत्र १७, मंगलवार १०:५९
NIMB
Nabil Bank

काठमाडौं अजोड इन्स्योरेन्सले १ बराबर ०.५(२ः१ बराबर) अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । अजोड इन्स्योरेन्स सञ्चालक समितिको चैत १६ गते बसेको सञ्चालक समिति बैठकले दुई कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि बैशाख ७ गते साधारण सभा बोलाएको छ । बीमा समितिको स्वीकृति तथा आगामी साधारण सभाबाट पास भएपछि अजोडका लगानीकर्ताले हकप्रद सेयरमा लगानी गर्न पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । ५० करोडको हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । अजोडको हकप्रद सेयर पाउनका लागि चैत २४ गतेबाट बुक क्लोज हुनेछ । अर्थात चैत २४ गतेसम्म अजोडको सेयर खरिद गर्ने लागनीकर्ताहरुले हकप्रद सेयर भर्न पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्