Shikhar Insurance

अजोड इन्स्योरेन्सको सेयरमा इन्साइडर ट्रेडिङको आंशका ! बोर्डले थाल्यो छानिवन

सिंहदरबार संवाददाता
२०७७ चैत्र १७, मंगलवार ११:५२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स कम्पनीको सेयर इन्साइडर ट्रेडिङ  भए/नभएको अध्ययन थालेको छ । बोर्डका प्रवक्ता निरज गिरीले इन्साइडर कारोबार भए/नभएकोबारे अध्ययन थालिएको बताएका हुन् । ‘अजोडको सेयरमा इन्साइडर कारोबार भएको हो वा होइन भन्नेबारे हाम्रो टिमले हेरिरहेको छ, त्यो भन्दा अरु केहि भन्न मिल्दैन् ।’, गिरीले सिंहदरबारसँग भने ।

अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति बैठक २ः३० बजे बसेको थियो । नेपाल स्टक एक्सचेञ्जले सूचिकृत कम्पनीहरुको सञ्चालक समिति बैठक सेयर कारोबार हुने समयमा राख्न नहुने स्पष्ट व्यवस्था गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । हिजै अजोडको सोमबार कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर ७ सय ७६ रूपैयाँ पुगेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सञ्चालक समितिको बैठक बसेकै समयमा अजोडको सोमबार कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर ७ सय ७६ रूपैयाँ पुगेको आरोप लागेको छ ।

अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादु खत्रीले भने आफुहरुले कुनै सूचना नचुहाएको बताए । ‘हामीले पुरै नियम पालना गरेर बैठक राखेका छौं, त्यसको निर्णय पनि नियमानुसार नै सार्वजनिक गरेका हौं, यसमा सूचना चुहाएको आरोप लगाउनु गलत हो’, खत्रीले सिंहदरबारसँग भने । उनले अजोडको सेयरमा लगानीकर्ताहरुको आकर्षण पहिले देखि नै रहेको र सेयर मूल्य यस अघि पनि बढेर ८ सय पुगेको तथ्य हेर्न अनुरोध पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्