Shikhar Insurance

अजोडमा इन्साइडर ट्रेडिङः बोर्डले कारोबार तथ्यांक मगाएर सुक्ष्म छानबिन थाल्यो

सिंहदरबार संवाददाता
२०७७ चैत्र १८, बुधबार १८:३०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्समा भएको इन्साइडर ट्रेडिङबारे छानबिन थालेको छ । बोर्ड स्रोतका अनुसार अजोडको कारोबार तथ्यांक मगाएर सूक्ष्म अध्ययन सुरू भएको हो। सोही विषयमा बोर्डले नेप्सेका पदाधिकारी बोलाएर पनि छलफल गरेको छ ।

अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति बैठक सोमबार २ः३० बजे बसेको थियो । नेपाल स्टक एक्सचेञ्जले सूचिकृत कम्पनीहरुको सञ्चालक समिति बैठक सेयर कारोबार हुने समयमा राख्न नहुने स्पष्ट व्यवस्था गरेको छ । सोमबार अजोडको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर ७ सय ७६ रूपैयाँ पुगेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार पनि बढेर ८ सय ५३ पुगेको थियो । बुधबार पनि बढेर ९ सय ३८ रूपैयाँ पुगेको छ । सञ्चालक समितिको बैठक समय तथा अघिल्लो दिन अजोडको सेयर मूल्य बढेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्