Shikhar Insurance

सिटिजन्स बैंकले पनि ल्यायो डलर प्रिपेड कार्ड

सिंहदरबार संवाददाता
२०७७ चैत्र १८, बुधबार २१:१८
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंकले यूएसडी ई–कम कार्डको शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो ।

यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी वार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गरी अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank

बैंकको अनुसार युएसडी ई–कम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान बिबरण अद्यावधिक गरेको एवम् प्यान कार्ड लिएको हुनुपर्ने छ ।

यस कार्डबाट ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईन मार्फत वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् । यो कार्ड प्रयोग गरी एटिएम बाट नगद झिक्न तथा पिओएस मार्फत कारोबार गर्न नपाइने बैंंकले जानकारी दिएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्