Shikhar Insurance

पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

सिंहदरबार संवाददाता
२०७७ चैत्र १८, बुधबार २१:३३
NIMB
Nabil Bank

काठमाडौं । पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिए । “प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली त्यसतर्फ जाँदैछ, विस्तृत विवरण केहीबेरमा आउनेछ”, उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्