Shikhar Insurance

एमाले छाडेको घोषणा गरेका बल बहादुर तामाङ काँग्रेस प्रवेश

सिंहदरबार संवाददाता
२०७७ चैत्र १९, बिहीबार १२:५४
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) छाडेको घोषणा गरेका व्यवसायी बल बहादुर तामाङ नेपाली काँग्रेस प्रवेश गरेका छन् । उनले काँग्रेस सभापति शेर बहादुर देउवाको हाटबाट टिका लगाउँदै काँग्रेस प्रवेश गरेका हुन् । उनी २०४३ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध थिए । ताप्लेजुङका तामाङ एमाले भित्र योगेश भट्टराई निकट मानिन्थे । व्यवसायीक पृष्ठ भूमिका तामाङले केहि समय अघि एमाले छाडेको घोषणा गरेका थिए ।

उनलेकाँग्रेस प्रवेशको घोषणा पनि  फेसबुकबाटै गरेका हुन् । तामाङले फेसबुकमा लेखेका छन्- बिस २०४३ साल देखि निरन्तर नेकपा माले, एमाले र नेकपाको बिभन्न पदमा रहेर काम गर्ने मौका मिल्यो यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु । संविधान २०७२ बमोजिम लोकतन्त्र,प्रजातन्त्र र समाजबाद अंगालेको पार्टीमा २०७७ चैत्र १८ गते बुधबारबाट बिधिवत रुपमा नेपाली कांग्रेसमा प्रबेश गरेको छु।भविष्यमा यहाँहरुको सहयोग र सुझावको अपेक्षा गरेको छु ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्