Shikhar Insurance

फास्टट्रयाकको ठेक्का रद्द गर्न संसदीय समितिको निर्देशन

सिंहदरबार संवाददाता
२०७७ चैत्र १९, बिहीबार १४:५९
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले तराई मधेश द्रुतमार्ग (फास्टट्रयाक) को प्याकेज–२ को ठेक्का रद्द गर्न नेपाली सेनालाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले पूर्वयोग्यता मूल्यांकनबाट वोलकबोलका लागि एउटामात्र कम्पनी छनोट भएको प्याकेजको ठेक्का प्रक्रिया रद्द गरी पुनः नयाँ प्रक्रिया सुरु गर्न निर्देशन दिएको हो ।

समितिले छनोटमा एउटा कम्पनीमात्र योग्य भएपछि बिना प्रतिस्पर्धा ठेक्काको जिम्मा दिँदा आर्थिक चलखेल हुने भन्दै पूर्वयोग्यता मूल्यांकनदेखिको प्रक्रिया पुनः सुरू गर्ने निर्देशन दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

द्रुतमार्गअन्तर्गतको सुरूङ र विशेष प्रक्रितिको पुल निर्माणको दुईवटा प्याकेजमध्ये पहिलो प्याकेजमा दुईवटा र दोस्रो प्याकेजमा एउटा कम्पनीमात्र काम गर्न योग्य पाइएको हो । दुवै प्याकेज गरी कुल ४२ निर्माण व्यवसाय ठेक्का प्रक्रियामा सहभागी थिए । जसमध्ये पहिलोमा पोलि चाङ्दा र चाइना स्टेट इन्जिनियरिङ र दोस्रोमा पोली चाङ्दामात्र बोलपत्र आह्वानका लागि योग्य पाइएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्