Shikhar Insurance

किसान लघुवित्तलाई नेप्सेको उन्मुक्ति, अब एफपीओ आउने

सिंहदरबार संवाददाता
२०७७ चैत्र १९, बिहीबार १५:४७
NIMB
Nabil Bank

काठमाडौं । किसान लघुवित्तलाई नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले उन्मुक्ति दिएको छ । नेप्सेले कम्पनीलाई सचेतमात्र गराएर छाडेको हो ।

नेप्सेले गल्ति नदोहोर्‍याउन चेतावनि पनि दिएको छ । धितोपत्रको दोस्रो बजारमा किसानको कारोबार खुला पनि भइसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

किसानले १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने बताएको थियो । तर, नेपाल राष्ट्र बैंकले अनुमति दिएको थिएन । कम्पनीले हकप्रद दिने भनेपछि सेयर मूल्य आकासिएको थियो ।

नेप्सेले भने किसानको ‘मानवीय त्रुटि’ भन्ने जवाफका आधारमा सचेतमात्र गराएर छाडेको हो । लघुवित्तले राष्ट्र बैंकसंग परामर्श गरी हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव हटाएको पनि जानकारी दिएको थियो ।

लघुवित्तले संस्थाको पूँजीकोष पर्याप्त नभएकोले मर्जर,हकप्रद सेयर तथा पुनःसेयर निष्काशन जस्ता विषयमा छलफल भएकोले हकप्रद निष्काशनका लागि सम्बन्धित नियकायसँग परामर्श गरेर मात्र अगाडि बढ्ने निणर्य भएको र कम्पनी ऐन अनुसार २१ दिन अगावै साधारण सभाको सूचना प्रकाशन गर्नुपर्ने प्रावधान रहेको तर सो दिन विदा परेका कारण हकप्रद सेयरको प्रस्ताव सहितको सूचना प्रकाशन भएको स्पष्टीकरण दिएको थियो ।

यस्तै सूचना दिन ढिलाई भएको विषयमा पनि लघुवित्तले स्पष्टीकरण दिएको थियो । लघुवित्तले निणर्य भएको दिन बिदा भएको, दोस्रो दिन अपलोड गर्न सूचना परिवर्तन गर्नुपर्ने र नेप्सेमा रहेको पुरानो किसान माइक्रोफाइनान्सको लगइन आईडीले काम नगरेपछि नयाँ युजर आईडी लिँदा ढिला भएको उल्लेख गरेको छ ।

लघुवित्तले सेयर कारोबारमा कुनै किसिमको प्रभाव पार्ने गलत मनसाय नभइ मानवीय त्रुटीका कारण गल्ती भएको उल्लेख गरकेो थियो ।

यता कम्पनी भने एफपीओ जारीको तयारीमा जुटेको छ । यसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त पनि गरेको छ ।

लघुवित्तले हकप्रद जारी गर्न नपाएपछि एफपीओको बाटो रोजेको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यका दरले १२ लाख ९८ हजार २ सय ५९ कित्ता दशमलव ४९ कित्ता सेयर जारी हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्