Shikhar Insurance

सुन आयातको कोटा बढ्यो, कहिलेदेखि हट्ला अभाव ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र १९, बिहीबार १८:२८
NIMB
Nabil Bank

काठमाडौं । आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाइएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूले दैनिक २० किलोसम्म सुन आयात गर्न सक्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

व्यवसायीहरूले लामो समयदेखि सुन आयातको दैनिक कोटा बढाउनुपर्ने माग राख्दै आएका थिए । वाणिज्य बैंकहरूले अहिले दैनिक १० किलोमात्र सुन आयात गर्न पाउने व्यवस्था छ ।

सरकारले कोभिडका कारण माग घटेपछि आयात कटौती गरेको थियो ।

व्यवसायीले भने केन्द्रीय बैंकको यो व्यवस्थाले राहत महसुस गरेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व उपाध्यक्ष तेजरत्न शाक्यले यो व्यवस्थाले सन्तुष्ट भएको सिंहदरबारलाई बताए ।

पछिल्लो समय सुनको मूल्य सस्तो बन्दै गर्दा माग पनि बढेको छ । माग बढ्दै गर्दा यति परिमाणले नपुग्ने जिकिर उनले गरे ।

केन्द्रीय बैंकले आयातको परिमाण बढाउँदा सुनको अभाव भोलिदेखि नै हट्ने अनुमान शाक्यको छ । उनले भने, “अभाव भोलिदेखि नै हट्नु पर्ने हो । बैंकहरूले पनि सोहीअनुसार बेच्न थाल्छन् र भोलिदेखि नै आयात पनि बढाउँछन् । नभए पनि ढिलामा ४८ घन्टाभित्र अभाव घट्ने उनको भनाई छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्