Shikhar Insurance

अजोडलाई त्यत्तिकै छाड्दैनौं, गडबड देखिए कारवाहीः अध्यक्ष ढुंगाना

सिंहदरबार संवाददाता
२०७७ चैत्र १९, बिहीबार २०:३३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अजोड इन्स्योरेन्सलाई त्यतिकै नछाड्ने बताएका छन् । अजोड इन्स्योरेन्सको सेयर इन्साइडर ट्रेडिङ भएकोबारे बोर्डले अध्ययन गरिरहेको बताउँदै उनले भने–‘अजोडलाई हामी त्यत्तिकै छाड्दैनौं, पुरै तथ्यांक मगाएर अध्ययन गरिरहेका छौं ।’

अजोडको सेयर मूल्य एक हप्तादेखि बढेको देखिएको र सञ्चालक समितिको बैठक राखिएको दिन सकारात्मक सर्किट नै लागेकाले हप्ता दिनकै तथ्यांक मागेर हेरिरहेको उनले जानकारी दिए । ‘एक हप्ता अघिदेखि नै मूल्य बढिरहेको रहेछ, बैठक बसेको दिन सर्किट नै लाग्यो, एउटा कम्पनीको सेयर मूल्य विनाकारण किन बढ्यो ? कारण खोजिरहेका छौं ।’,, ढुंगानाले भने । उनले इन्साइडर ट्रेडिङ भएको देखिए कारवाही गरिछाड्ने स्पष्ट पारे ।

Citizen Life
Kumar Bank
Nepal Life

अजोडले चैत १६ गते सञ्चालक समिति बैठक राखेर २ बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कारोबार समय २ः३० बजे बैठक राखेर हकप्रकद निर्णय गर्नु नै गल्ति भएको पनि ढुंगानाले बताए । सोही अवधीमा अजोडको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको थियो ।

हकप्रद सेयर निष्काशन सम्बन्धी सूचना चुहायर सेयर कारोबार गराएको आरोप अजोडमाथि लागिरहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भने इन्साइडर ट्रेडिङबारे आफु जानकार नभएको बताए । ‘त्यसरी सूचना चुहिएको भन्ने कुरा सहि होइन, कम्पनीको सेयर मूल्य पहिले पनि बढेकै थियो, अहिले बढ्नु पनि स्वभाविक नै हो’, सिइओ खत्रीले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्