Shikhar Insurance

१२० रुपैयाँ पर्ने रुरु जलविद्युतको आईपीओ खुल्यो, कति भर्ने ? कति पर्ला ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र २०, शुक्रबार १०:१२
NIMB
Nabil Bank

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २० रूपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन गरेको हो ।

कुल निष्काशनमध्ये २ प्रतिशतले हुन आउने ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशतले हुन आउने २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आईपीओमा लगानीकर्ताले छिटोमा चैत्र २४ गतेसम्म र ढिलोमा वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरिरहेको छ ।

यसअघि पहिलो चरणमा कम्पनीले फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरमा ४ करोड ७ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको कुल ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । आईपीओ पर्न भने भाग्य नै कुर्नुपर्ने देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्