Shikhar Insurance

कोभिड खोप किन्न सरकारले विश्व बैंकबाट साढे ८ अर्ब ऋण लिने

सिंहदरबार संवाददाता
२०७७ चैत्र २१, शनिबार ०८:१३
NIMB
Nabil Bank

काठमाडौं । कोभिडविरूद्धको खोप किन्न सरकारले विश्व बैंकबाट साढे ८ अर्बभन्दा बढी ऋण लिने भएको छ । विश्व बैंक र नेपाल सरकारबीच ७.५ करोड अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलीयतपुर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव शिशीर कुमार ढुंगाना र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राप्त ऋण उच्च प्राथमिकता प्राप्त समुहमा कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न उपयोग हुने बताइएको छ ।

अर्थसचिव ढुंगानाका अनुसार कम्तिमा पनि ७२ प्रतिशत नेपाली नागरिकलाई खोप दिने सरकारको योजनाका लागि यसले सहयोग गर्ने छ । कोभिड-१९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि कोभिड-१९ विरूद्धका खोपको खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तिय सहयोग उपयोगी हुने उनको भनाइ छ ।

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २.९ करोड अमेरिकी डलर ( ३.३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड-१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारीका लागि अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्नेछन् ।

 

यस अतिरिक्त वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको खरिद, आपुर्ति र वितरणलाई सघाउनेछ । बाँकी रकमले कोभिड-१९ संक्रमणको परिक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायहरूलाई टेवा दिनेछस कोभिड-१९ विरूद्धका खोपहरूको माग र स्विकार्यताको सुधार गर्न सामुदायिक संलग्नता र जोखिम संचारलाई प्रवर्द्धन गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्