Shikhar Insurance

सिद्धार्थ प्रिमियरः नागरिकलाई प्रविधि मैत्री बीमा सेवा, लगानीकर्तालाई उच्च प्रतिफल

बिरेन्द्र बहादुर वैदवार क्षेत्री
२०८० भाद्र २०, बुधबार ११:२१
NIMB
Nabil Bank

नागरिकको वित्तिय सुरक्षाका लागि बीमा अनिवार्य बन्दै गैरहेको छ । प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य आपतकालिन परिस्थितिहरुका कारण आईपर्ने क्षतिले नागरिकलाई झन गरिब बन्नबाट रोक्नका लागि संसाभर बीमा सेवाको उपयोग गरिँदै आएको छ । नेपालमा पनि पछिल्लो समय बीमा सेवाको विस्तार र विश्वसनियतामा क्रमशः सुधार हुँदै आईरहेको छ । नेपालको निर्जीवन बीमा व्यवसायमा एउटा विश्वसनिय नाम हो सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी । साविकको सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्जर भएर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका नामबाट हामीले बीमा सेवा प्रदान गर्दै आईरहेका छन् ।

सूचना प्रविधिको विकाससँगै बीमा सेवा प्रवाह र दावी भुक्तानीका प्रक्रियाहरु पनि प्रविधि मैत्री तथा सरल हुनुपर्छ भन्ने आवश्यकतालाई महशुस गरेर हामीले डिजिटल बीमा सेवा आरम्भ गरिसकेका छौं । अब बीमा सेवालाई प्रबिधिसँग एकाकार गरि नागरिकको विश्वास जित्दै र समृद्धिको राष्ट्रिय सपना पुरा गर्ने अभियानमा बीमा कम्पनीहरु अग्रसर हुनुको विकल्प छैन् । अर्थात बीमालाई प्रविधिसँग जोड्नु आजको आपरिहार्य आवश्यकता हो भन्ने तथ्यलाई बुझेर नै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डिजिटल बीमा सेवा आरम्भ गरेको हो । यो सेवामा विद्युतिय माध्यम अर्थात अनलाइनबाट नै बीमालेख खरिद गर्न सकिन्छ र त्यसको दावी भुक्तानी पनि अनलाइनबाट नै सम्भव हुन्छ । ‘एसपीआईएल डीजी’ नामबाट हामीले केहि समय पहिलेदेखि नै अनलाइन बीमा पोलिसी बेच्ने र दावी भुक्तानी दिने कार्य आरम्भ गरिसकेका थियौं । यसबारे औपचारिक जानकारी र प्रचार प्रसार पनि गर्नुपर्छ भनेर नियामककै उपस्थितिमा एसपीआईएल डीजी सार्वजनिक पनि भैसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो प्रणालीबाट सरल र सहज रुपमा बीमा सेवा प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो । नेपालको बीमा क्षेत्रमा हामीले नै पहिलो पटक डिजिटल प्रणालीबाट बीमालेख खरिद।बिक्रि तथा दावी भुक्तानीको सुबिधा अघि सारेका हौं ।
यसको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकमसम्मको बीमा दाबी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन । हामी क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने लक्ष्य अनुरुप यो पहिलो प्रयास गरिरहेका छौं । यसलाई अझ प्रभावकारी बनाउने तर्फ थप क्रियाशिल रहेनछौं ।

अब नागरिकहरुले बीमा कम्पनीमा भौतिक रुपले उपस्थिति नभई बीमा पोलिसी खरिद गर्न सक्छन्, त्यसको भुक्तानी पनि अनलाइनबाटै तिर्न सक्छन् । ५० हजार रुपैयाँसम्मको दावी भुक्तानी पनि अनलाइनबाटै सम्भव हुन्छ । बीमितहरुको खातामै त्यस्तो भुक्तानीको रकम आईपुग्नेछ । बीमितहरुले आफ्नो बीमा दावीको अवस्थाबारे पनि त्यहिँबाट जानकारी लिन सक्छन् । यसबाट बीमा कम्पनी र बीमितको समय र लागत घट्न जाने र झन्झट रहित तरिकाबाट बीमा सेवा लिन सहयोग पुगेको छ ।

‘प्रबिधि मैत्री नभए पछि परिन्छ’ भन्ने तथ्यलाई बुझेर हामीले डिजिटल भुक्तानी प्रणाली ल्याएका हौं । यो सेमि अटोमेशनको चरण हो । हामीले बीमा सेवालाई पुरै डिजिटलाईजेसनमा लैजाने सोँच बनाएका छौं र यो प्रक्रियाको निरन्तर नेतृत्व गर्दै जाने लक्ष्य छ । अहिले ५० हजार रुपैयाँसम्मको दावी भुक्तानी अनलाइनबाटै दिईरहेका छौं । बिहान कागजागत बुझाएको छ भने साँझसम्ममा भुक्तानी नै गरिदिन्छौं, त्यो पनि बीमितको खातामै ।

अब्बल र अनुशासितः सिद्धार्थ प्रिमियर
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आफुलाई अनुशासित र अब्बल बीमा कम्पनीका रुपमा स्थापित गराउने प्रयास गरिरहेको छ । हामी बीमितहरुको सर्वाधिक लोकप्रिय कम्पनीका रुपमा स्थापित हुने अभियानमा छौं । नियामक निकायहरुद्धारा जारी गरिएका नियमहरुको पूर्ण पालना मार्फत सरल र सहज बीमा सेवाको विस्तार नै हाम्रो मुल उदेश्य हो ।

कम्पनीले गत आर्थिक बर्ष २०७९।८० मा ७५ करोड ६१ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाटै २६ प्रतिशतसम्म लाभांश दिन सक्नेछ । यद्यपी लाभांशबारे निर्णय गर्ने अधिकार कम्पनीको सञ्चालक समितिमा निहित छ । सिद्धार्थ प्रिमियरको जेगडा कोषमा ८९ करोड ५६ लाख ४० हजार रुपैयाँ छ भने बीमा कोषमा २ अर्ब ५० करोड रुपैयाँ छ । महाविपक्ति कोषमा पनि १३ करोड ८९ लाख ७९ हजार रुपैयाँ छ ।

कम्पनीले गत आर्थिक बर्षमा २ अर्ब ४ करोड ५६ लाख १० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छौं भने पुनर्बीमा कमिसन आय ६३ करोड ६८ लाख १३ हजार रुपैयाँ आम्दानी भएको छ । कम्पनीले एक अर्ब १९ करोड ३९ लाख ४८ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । कम्पनीले ३ लाख एक सय ८१ वटा बीमा पोलिसी बेचेर ४ अर्ब ५१ करोड ६६ लाख ४२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

कुल बीमा पोलिसीमध्ये ९७ हजार पोलिसी नविकरण भएका छन् । १८ हजार ६ सय ९३ दावी वापत ३ अर्ब ७४ करोड २६ लाख ९३ हजार रुपैयाँ भुक्तानी गरिएको छ । कम्पनीको प्रति सेयर आय १८.८४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात(पीई रेसियो ४१.३२ रुपैयाँ छ । प्रति सेयर नेटवर्थ २२५.९१ रुपैयाँ रहेको कम्पनीको प्रति सेयर कुल सम्पतिको मूल्य ३७५.२८ रुपैयाँ पुगेको छ ।

हाम्रो प्रतिवद्धता
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफुलाई विश्वसनिय, अब्बल र अनुशासित बीमा कम्पनीका रुपमा स्थापित गराउने प्रयास गर्दै आईरहेको छ । बीमितहरुका लागि बीमा सेवा खरिद र दावी भुक्तानीमा सरल तथा सहज सेवा दिने हाम्रो अभ्यास हो र भविष्यका लागि प्रतिवद्धता पनि । कम्पनीका लगानीकर्ताहरुका लागि समयानुकुल उचित प्रतिफल दिनु हाम्रो अर्काे प्रतिवद्धता हो । कर्मचारीहरुका लागि आफ्नो क्षमता र योग्यता अनुसारको भूमिका र सोही अनुसारको आकर्षक सेवा सुबिधाको सुनिश्चितता गरिनेछ । त्यस बाहेक नियामकहरुका हकमा अनुशासनमा बस्ने कम्पनी र देशका लागि समृद्धिको यात्रामा एउटा दरिलो सारथिका रुपमा सधै उभिने हाम्रो प्रतिवद्धता हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्