Shikhar Insurance

आर्थिक पत्रकारलाई क्षमता अभिवृद्धि तालीम, सही समाचार सम्प्रेषणमा सहयोग हुने विश्वास

सिंहदरबार संवाददाता
२०७७ चैत्र २५, बुधबार १७:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएसन अफ नेपालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । एशोसिएसनले समाचार सम्प्रेषण गर्ने पत्रकारहरूको क्षमता अभिवृद्धि भएमात्र पुँजी बजारका बारेमा सही समाचार आम सर्वसाधारणमा जाने महसुस गरेर आर्थिक पत्रकारको क्षमता विकासका लागि तालिम आयोजना गरेको हो ।

तालीममा पुँजी बजारका बारेमा कलम चलाउँदै आएका ३० भन्दा बढी पत्रकार सहभागी थिए । जसमा नेपाल धितोपत्र बोर्डका नायव कार्यकारी निर्देशक रूपेश केसी र एशोसिएसनका महासचिव पारसमणि ढकालले बुक बिल्डिङबारे प्रस्तुतीकरण दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले यस्ता तालीम देशव्यापी आयोजना गर्ने र त्यसका लागि नाफिजसँग सहकार्य गर्ने बताए ।

सहभागी वक्ताहरूले पुँजीबजारमा गलत सूचना प्रवाहले लाखौं लगानीकर्ताको लगानी जोखिममा पर्न सक्ने बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आम लगानीकर्ताले पनि सूचना लिँदा आधिकारिक स्रोतको प्रयोग गर्नुपर्नेमा जोड दिए । गलत सूचनाका कारण लाखौं लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय पनि सूचना प्रवाहमा सजग हुनुपृने जिकिर उनले गरे ।

बोर्डका पछिल्ला निर्णय र कार्यले पूँजीबजारमा नयाँनयाँ कीर्तिमान कायम हुँदै गएको दाबी उनको छ ।

यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम लगानीकर्तालाई सूचनाको व्यवस्थापन गर्न सुझाव दिए । सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले प्राविधिक कारणले सिस्टममा समस्या देखिँदा पनि संस्थालाई जोडेर सूचना प्रवाह हुँदा संस्थाप्रति लगानीकर्ता रुष्ट हुने देखिएको भनाइ राखे । उनले अर्को साताबाट मेरो सेयरमा कुनै पनि समस्या नदेखिने बताएका छन् ।

मेरो सेयरको समस्या समाधानका लागि गत हप्ता २ वटा सफ्टवेयर जडान गरिएको छ । तर, पुँजी बजारमा धेरै संस्था आवद्द भएकाले एकमा समस्या आउँदा अर्को प्रभावित हुने गरेको उनको भनाइ छ । कहिले इन्टरनेट राम्रो नचल्दा पनि सीडीएससीलाई नै दोष दिइने गरेको उनको भनाई छ।

सो अवसरमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले कमजोरी पहिचान गर्नु पत्रकारको धर्म भएको बताए । कहाँनेर हतौडा चलाउँदा कमजोरी हट्छ भन्ने जान्न यस्ता तालीम अति नै महत्वपूर्ण हुने उनको भनाइ छ ।

पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दो छ । गत आवको अन्त्यमा मेरो सेयर प्रयोगकर्ता ६ लाख रहेकोमा २३ लाख पुगेको छ । त्यस्तै, डिम्याट खाता १७ लाख बाट ३३ लाख पुगेको छ ।

तस्बिरहरूः

 

GBIME

प्रतिक्रिया दिनुहोस्