Shikhar Insurance

बेथानचोकमा क्रिन्जलको छात्रवृत्ति

सिंहदरबार संवाददाता
२०७७ चैत्र २५, बुधबार १७:४५
NIMB
Nabil Bank

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकास्थित श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । क्रिन्जल फाउन्डेसन नेपालको शिक्षादीक्षा कार्यक्रमअन्तर्गत वितरण गरिएको उक्त छात्रवृत्ति अमेरिकामा बसोबास गर्ने नेपाली विद्यार्थीले गरेको आर्थिक सहयोगबाट गरिएको हो ।

क्रिन्जल फाउन्डेसनका निर्देशक क्षितिराज लोहानीद्वारा आर्थिक संकलन गरि सो छात्रवृत्ति वितरण गरिएको जानकारी क्रिन्जल फाउन्डेसनका बोर्ड सदस्य आरजु लोहनीले जानकारी दिइन् । क्रिन्जलको यो छात्रवृत्ति पहिलो अभियानको रुपमा रहेको र आउँदा दिनमा अरु थप क्षेत्रमा समेत आउँदा दिनमा विभिन्न कार्यक्रम मार्फत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ३१ जना विद्यार्थीको लागि छात्रवृत्ति वितरण गरिएको थियो। यस कार्यक्रममार्फत कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यर्थीका लागि प्रति विद्यार्थी पाँच हजार पाँच सय रुपैयाँ, कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी आठ हजार दुई सय पचास रुपैयाँ र कक्षा ९ र १० अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी एघार हजार रुपैयाँका दरले कुल दुई लाख छब्बीस हजार रुपैयाँ रकमको छात्रवृत्ति प्रदान गरियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्