Shikhar Insurance

अजोडले फिर्ता लियो हकप्रद सेयर जारी गर्ने निर्णय

सिंहदरबार संवाददाता
२०७७ चैत्र २६, बिहीबार ११:३३
NIMB
Nabil Bank

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने निर्णय फिर्ता लिएको छ । चैत २५ गते बसेको सञ्चालक समितिको आकस्मिक बैठकले हकप्रद सेयर जारी गर्ने चैत १६ गतेको निर्णय फिर्ता लिएको हो ।

अजोडले बैशाख ७ गतेको साधारण सभाबाट २ बराबर एक कित्ताको अनुपातमा(५० प्रतिशत) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । आफुसँग समन्वय नै नगरि हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको भन्दै बीमा समितिले सो निर्णय कार्यान्वयन नगर्न अजोडलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार अजोडले हाललाई हकप्रद सेयर जारी गर्ने निर्णय फिर्ता लिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अजोडले हकप्रद सम्बन्धी निर्णय चहाएर दोश्रो बजारमा इन्साडर ट्रेडिङ गराएको आरोप लागेको छ र नेपाल धितोपत्र बोर्डले छानविन समिति नै गठन गरेर अध्ययन गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्