Shikhar Insurance

तारा एयरले भाेलिदेखि पोखरा–जोमसोम नियमित उडान गर्ने

सिंहदरबार संवाददाता
२०८० भाद्र २४, आईतवार १७:४२
NIMB
Nabil Bank

काठमाडाैं । तारा एयरले प्रतिकूल मौसमसँगै बन्द भएको पोखरा–जोमसोम उडान नियमित सञ्चालन गर्ने भएको छ। ताराले भोलि (सोमबार) देखि नियमित उडान गर्न लागेको हो।

पर्यटक सिजन सुरू र बिस्तारै मौसम अनुकूल हुन थालेकाले उडान नियमित हुन लागेको कम्पनीले जनाएकाे छ । जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्री बिसान गर्नेछ। हालका लागि मौसम अनुकूल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको छ। तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाटै सञ्चालन हुनेछ।

Citizen Life
Kumar Bank

मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २ हजार ७३६ मिटर उचाइमा रहेको छ भने यस एयरपोर्टको लम्बाइ ७३९ मिटर रहेको छ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्