Shikhar Insurance

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ

सिंहदरबार संवाददाता
२०८० भाद्र २५, सोमबार ११:००
NIMB
Nabil Bank

बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रूपैयाँसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन् ।

विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार भएको उनले बताए ।

Citizen Life
Kumar Bank

उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौं जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्